कुर्थावलकाे निर्माणधिन बाटोमा स्थानीय बासिन्दाहरुकाे गुनासो


नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ कुर्थावलमा निर्माण भईरहेकाे बाटाेमा स्थानीय बासिहरुले गुनासो गरेको छन् ।
वर्षा याममा आवत जावतका लागि कठिन भएको कुर्थावल गाउँकाे भित्री बाटो धेरै दिन पछि निर्माण हुन लागे तापनि उपयुक्त बाटाे निर्माण नभएको गाउँ बासिहरुले बताएका छन् ।
सुस्ता कन्ष्ट्रक्सन कम्पनी प्रा. लि.ले रु .३४,२१,६५७.५६ बराबर काे लागत रकममा निर्माण गर्न लागेकाे आर .सि. सि युक्त निर्माणाधीन बाटाेमा ग्राबेल र मिस्कटकाे रुपमा प्रयाेग गरिएको युक्त बाटाेमा धेरै मात्रमा माटाे र गिट्टी अर्थाथ मिस्कट कम मात्रामा प्रयाेग गरि बाटाेमा गिराईएकाे स्थानीय बासिहरुले बताएका छन् ।
साथै ढल निकासका लागि प्रयाेग गरिएको ईट्टा अउवलकाे ठाउँमा सेम र दाेएम ईट्टा प्रयाेग गरि ढलनिकास निर्माण गरिएकाे स्थानीयकाे गुनासो रहेको छ ।
युक्त निर्माणाधीन बाटाेमा प्रयाेग गरिएको समाग्रि उपयुक्त नभएको गुनासो ईन्जिनियर र ठेकेदार सँग पटकपटक गरेतापनि निर्माण कार्यमा सुधार नआएको भन्दै स्थानीय सरकार र ईन्जिनियर , ठेकेदारकाे मिलाेमताेमा कार्य गरिएको समेत बताएका छन् ।
निर्माणाधीन बाटाेमा प्रयाेग गरिएको ईट्टा अउवलकाे ठाउमा सेम र दाेएम ईट्टा रहेको र साेकाे बिल पनि फर्जि रहेको स्थानीय बताएका हुन् ।























