समाचार

युवा संघले प्रदर्शन गरेको तीनकुने क्षेत्रमा भोलि दुर्गा प्रसाईंले प्रदर्शन गर्ने

नवलपुर टुडे
२०८० मंसिर ७ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबारबाट नेकपा एमालेको भातृ संगठन युवा संघले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा संघका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।

प्रसाईंले बल्खुमा करिब १० मिनेट जति आफ्नो समर्थकलाई सम्बोधन गरेका थिए ।

कमेन्टहरु