देश

पर्सामा हुन्डी कारोबारको बिगबिगी, ५४ लाख रकम सहित २ जना हुन्डी कारोबारी पक्राउ

जगत ठाडा मगर
२०७८ जेष्ठ १३ | मध्यान्ह ०६:०२ बजे

रंजित चौरसिया
पर्सा । पर्सा जिल्लामा दिनानुदिन हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको छ । हुन्डी कारोबार बढेकै बेला पर्सा प्रहरीको सक्रियता बढेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलिको समेत सकृयता बढ्नसाथ आज ५३ लाख ८० हजार रकम सहित दुई जना कारोबारी पक्राउ परेका छन ।

बिशेष सूचना आउनसाथ क्राइम टोलिबाट खटिएको टोलिले निगरानी बढाएका थिए । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.६ घर भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ८ BPC क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्तासमेत निम्न २ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम टोलि परिचालन गरेको प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले जानकारी दिनुभयो ।

उहाले आज दिउँसो ११ बजेको समयमा बिरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ बर्सिय प्रकाश जैश्वालले कालो झोला बोकि हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताउनु भयो ।

कालो झोलामा २४ लाख रूपैया बरामद गरेपनी निज शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९,८०,०००।– ( उन्नतीस लाख असी हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.५३,८०,०००।– (त्रिपन्न लाख असी हजार) बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पान्डेले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले जानकारी दिनुभयो ।

कमेन्टहरु