देश

बुद्ध जयन्तीको अवसरमा कपिलवस्तु सामुदायिक अस्पताललाई काङ्ग्रेसका युवा नेता राजेश ज्ञवालीद्वारा स्वास्थ सामग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

कपिलवस्तु । युवा नेता तथा नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य राजेश ज्ञवालीद्वारा २५६५ औ बुद्ध जयन्तीको अवसरमा कपिलवस्तु सामुदायिक अस्पतालमा स्वास्थ सामग्री हस्तान्तरण गर्नुभयो ।

अस्पतालका ब्यवस्थापन समितिका डाक्टर तथा अस्पताल ब्यवस्थापन समितिका ब्यवस्थापक चन्द्र्कान्त पोख्रेल र डाक्टरलाई स्वास्थ सामग्री युवा नेता ज्ञवालीले हस्तान्तरण गर्नुभएको हाे ।

photo 2021 05 27 17 52 01 1

काेराेना भाइरसबाट बच्नकाे लागि जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाकाे पालन गर्ने अनि अति अवाश्यक काम पारेको वेलामा घर भन्दा बहिरा निस्किदा सामाजिक दुरी कायम गर्ने, माक्सकाे प्रयोग गर्ने, सेनिटाइजरकाे प्रयोग र साबुन पानीबाट नियमित हात धुने जस्ता काम गर्नकाे लागि युवा नेता राजेश ज्ञवालीले अग्रह समेत गर्नुभयाे ।

हस्तान्तरण कार्यक्रममा कपिलवस्तु उद्योग वाडिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी, दिनेश क्षेत्री, दुर्गा अर्याल लगायतको उपस्थिति रहेको थियोे ।

कमेन्टहरु