तस्कर, मधेश प्रदेश

रौतहटमा अबैध काठसहित दुईजना पक्राउ

दिपेश कुमार शाह
२०८० मंसिर ५ | मध्यान्ह १२:०८ बजे

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको अबैध काठसहित एक वटा बोलेरो र दुई जना पक्राउ गरेको छन । पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका- ८ का २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको प्रहरीले जानकारी दिए ।

सशस्त्र प्रहरी सुरक्षा वेश जंगलसहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलीले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी ११ लाख ६० हजार मुल्यको काठ बरामद गरेको हो ।

पक्राउ गरिएका मानिस, काठ र बोलेरोलाई आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय चहपुरमा बुझाइएको जानकारी दिए ।

कमेन्टहरु