देश

पाल्हिनन्दनमा मुठ्ठी दान कार्यक्रमबाट संकलन चामल गरिब परिवारलाई

नवलपुर टुडे
२०७८ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

नवलपरासी / आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर – ४ मा किशोरहरुले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाई सहयोग गरेका छन ।

लुम्बिनी संवाद केन्द्र र पाल्हि उज्ज्वल संवाद केन्द्रकाे सयुक्त आयाेजनामा सञ्चालन गरेको मुठ्ठी दान कार्यक्रम बाट संकलन गरेको चामल एक गरिब परिवारलाई सहयोग गरिएको पाल्हि उज्ज्वल संवाद केन्दका एनिमेटर सदरे आलमले बताउनुभएको छ ।

नयाँ भेरियन्ट सहितको काेराेना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले राेकथामकाे लागि गरेको निषेधाज्ञाका कारण मजदुरी गरेर खाने गरिब परिवारका मानिसहरुलाई कठिन भएको हुदा संवाद केन्द्रले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाइ सहयोग गरिएकाे लुम्बिनी संवाद केन्द्रका एनिमेटर मिनाज अलिले बताए ।

साथै संकलन गरेको करिब ६ किलाेग्राम चामल पाल्हिका एक गरिब परिवारलाई दिएको छ । एक छाक टार्न कठिन भएको सुकदेव हरिजनका परिवारलाई युक्त चामल हस्तान्तरण गरिएको एनिमेटर अलिले बताउनुभएको हाे ।

कमेन्टहरु