महिला संघको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम परासीमा सम्पन्न (फोटो फिचर)


नवलपरासी, मंसीर ४ । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम आज एक कार्यक्रम वीच परासीमा सम्पन्न भएको छ ।
परासीस्थित बिपी स्मृति भवन परिसरमा भएको उक्त कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीका अन्तर्गत संघीय, प्रादेशीक तथा स्थानीय पालिका लगायतका समितीमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाईे पदस्थापना तथा सपथ ग्रहण गराईएको हो ।
महिला संघकी सभापती तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता यसैगरी पार्टीका केन्द्रिय सदस्य एंवम् प्रतिनिधी सभा सदस्य विनोद चौधरीको बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव्म पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले पार्टीमा महिला संघको ईतिहासदेखी बर्तमान अवस्थासम्म महत्वपुर्ण भुमीका रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बिशेष अतिथी नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले स्थानीय तह, प्रदेश र केन्द्रिय तहसम्म महिलाको उचित ब्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सो क्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, नेपाली कांग्रेसका लोकप्रिय नेता मोहन शर्मा, महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी, लोकतन्त्रबादी आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष टिचन गुरुङ लगायतले संगठन बिस्तार बारे आ-आफ्नो धारणा राख्नुभयो ।
























