देश, बागमती प्रदेश

चितवनमा पाटे बाघ मृत फेला

रासस
२०८० मंसिर ४ | मध्यान्ह ०३:०८ बजे
फाइल तस्बिर

भरतपुर । चितवनमा पाटे बाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एकापसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमाटमको तयारी गरेको छ ।

सन् २०२२ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । 

कमेन्टहरु