देश

किशाेरकिशोरीहरुद्वारा पाल्हिनन्दन माक्स वितरण गरि जनचेतना जगाउदै

नवलपुर टुडे
२०७८ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

नवलपरासी/पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रगति किशोरी किशोरी सञ्जालकाे आयाेजनामा तपाईंको माक्स खै भन्ने अभियानका साथ हरपुर गाउँ र चाेक चाेकमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

सञ्जालकी अध्यक्ष निलज्याेति गाैडकाे अगुवाइमा र सञ्जालका किशोर किशोरीहरुकाे साथ सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

काेराेनाबाट आफु पनि बाचौ र अरुलाई पनि बचाऔं भन्ने साेचले सञ्चालन गरेको मास्क बितरण कार्यक्रमबाट गरिब जनतालाई सहयोग पुग्नुका साथै काेराेनाकाे जोखिम बारे सचेत गराउन र बाटोमा बिना माक्स हिनिरहेका मानिसहरुलाई माक्स वितरण गरि काेराेना बाट बच्न जनचेतना जगाउदै सञ्जालका किशोर किशोरीहरुले चन्दा संकलन गरि याे अभियान कार्यक्रम सञ्चालन गरेको सञ्जालकी अध्यक्ष निलज्याेति गाैडले बताउनुभयाे ।

कार्यक्रमा एविसि नेपालका भाेलेन्टियर बन्दना चाैधरी र सञ्जालका किशोर किशोरीहरुकाे सहभागीता रहेको थियोे ।

कमेन्टहरु