लकडाउन संगै गाँउमा मौषमको प्रभाव किसान चिन्तित


बिनोद मण्डल
सिराहा । एकातिर कोरोना माहामारी अर्कोतिर प्राकृतिक विपति, अनेकन चुनौती देशमा रहेको बेला जेठको आजको मौषमको प्रभाव करिब ४.४५ बजेको समयमा सिरहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकटी ६ तथा हाल धनगढीमाई नगरपालिका वडा नं १२ को विष्णुपुर बस्तीमा लकडाउनले गर्दा मानिसहरूको आवत जावत र बाहिरबाट आउने जाने सबै पहिलेको तुलनामा आज यो दृश्यले सार्है मन छुएको छ ।

शहर बजारमा लकडाउनको बेलामा पसल,गाडी खुल्ला भएपनि समय बदलाव सँगै गाउँको वास्तविक यो दर्दनाक र सुनसान बन्दै गएको हाम्रो समाजमा मानिसको बाक्लो बस्तीको साथै मानिसको उपस्थिती पनि उतिकै रहने ठाउँमा एकाएक बज्रपात र प्राकृतिक विपति आउने चिन्ताले स्थानियले उच्च सतर्कता अपनाएर बसिरहेको अवस्था सिर्जना भएको छ ।
गाउँमा छरछिमेकमा समेत आवत जावत बन्द भएको यस ठाउँमा फोन मार्फत आम मानिसहरू एक अर्कालाई सम्पर्क गरेर आफ्नो दिनचर्या चलाइरहेका छन् ।

यतिबेला धानबालीका बेर्ना राखिसक्नु पर्ने समयमा दिनानु दिनको प्रतिकुलताका कारण चिन्तित बनेका किसानको खेतबारीमा उब्जनीमा कमी आउने पो हो कि भन्ने चिन्ता बढेको अवस्थामा खेतबारीमा लगाइएको फर्शी, काक्रो, करेला, सागपात,फलफूल लगायतका बालीहरू समयमा बजार भाउमा विक्री नहुँदा चिन्तित किसानको लागि मौसम परिवर्तन अतिवृष्टि अनावृष्टिको चपेटामा पर्ने चिन्ता बढेको स्थानिय हेमप्रसद पासवानले बताउनुभयो ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा आम जीवनसँग सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको स्थानिय व्यापारी रामकुमार मण्डलले बताएका छन् ।























