धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व

नवलपुर टुडे
२०८० मंसिर ३ | मध्यान्ह ०६:०८ बजे
कृष्णनगर, मंसिर ३ । देशको विभिन्न ठाउँ लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आइतवार अस्ताउदो सूर्य लाई अर्घ दिइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व समापन हुनेछ । जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत आइतवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
 
कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन, कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, ऊखु, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डूसहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
 
कृष्णनगर नगरपालिका वडा नं १ सेमरा स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगरका हजारौँ श्रद्धालु पूजापाठ गरि धूमधामका साथ छठ पर्व मनाएका छन्। छठघाटमा स्थानीय नेताहरु समेत पुगेर छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन्।
 
 
 
 
 

कमेन्टहरु