रामग्राम – ४ मा हर्ष उल्लासका साथ र युवाहरूको जोडदार मेहनतले तयार पारियो नयाँ छठघाट


रामजी प्रजापति
परासी, मंसिर ३ । हिन्दु धर्मावलम्बीहरुको दुई महान चाड दसैं र तिहार सकिएलगत्तै छठ पर्वको रौनक सुरु भएको छ । नवलपुर टुडेको तर्फबाट सम्पूर्ण पाठक वर्गहरुमा छठ पर्वको शुभकामना ।
मन्दिप यादवको अध्यक्षता र रामग्राम – ४ जितपुरका युवाहरूको पुर्ण सहयोगमा छठ माताको भक्तिमा ,पुजा पाठमा असहज नहोस र सबैको लागि सहजिकरण होस् भन्ने उद्देश्यले छठ घाटको तयारी गरिएको छ ।
मन्दिप र युवाहरूको अनुसार छठघाटमा आउने भक्तजनहरुलाई कुनै किसिमको समस्या नहोस, हुल दङ्गा नहोस भन्ने उद्देश्यले हरेक ठाँउमा युवा परिचालित पनि गरेका छन् । यदि त्यस्तो समस्या निम्त्याईयो भने उक्त ब्यक्तिलाई कानुनको दायरामा राखेर कार्वाही पनि गरिनेछ ।
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ । सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति तथा ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।
सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ, प्रमाणित भएको छ ।
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।

छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।























