तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

रासस
२०८० कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।
“समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने ।
प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक÷दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे ।


















