काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सिन्धुपाल्चोकमा दुर्घटना, ४ जना घाइते

जगत ठाडा मगर
२०८० कार्तिक २८ | बिहान १०:०७ बजे

काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सोमबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—६मा दुर्घटना भएको छ।
सुनकोशी गाउँपालिका—६ को आठकिलोमा गाडी दुुर्घटना हुँदा ४ जना घाइते भएको र उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
गाडी आफैं अनियन्त्रित भएको र सडकबाट करिब सय मिटर तल खस्न पुगेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।























