क्रिकेट खेलाडी गुलशन झा सम्मानित

रासस
२०८० कार्तिक २८ | बिहान ०६:०७ बजे

मलङ्गवा । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई आज एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ । नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले आज उनलाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष क्षेत्रीले संयुक्त रुपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।


















