नवलपुरको अमरापुरीमा घरको छट्बाट खसेर बालक गम्भीर घाईते

नवलपुर टुडे
२०८० कार्तिक २७ | मध्यान्ह ०६:०७ बजे

गैंडाकोट, कार्तिक २७ । पुर्वी नवलपरासीमा आफ्नै घरको छटको रेलिङबाट खसेर एक जना बालक गम्भीर घाईते भएको छ ।
घाइते हुनेमा गैंडाकोट नगरपालिका- १४ अमरापुरी बस्ने रामचन्द्र रामदामको छोरा बर्ष २ को मानव सुनार रहेको प्रहरीले जानकारी दिएको छ । उनी आज दिउँसो अन्दाजी ३ बजे आफ्नै घरको रेलिङमा खेल्ने क्रममा एक तला माथीबाट खसेर घाईते भएका हुन ।
उनको भरतपुरस्थित नयाँ मेडिकल कलेज चितवनमा उपचार भैईरहेको छ । उनको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भिर रहेको नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी बेदबहादुर पौडेलले नवलपुर टुडेलाई जानकारी दिए ।
प्रहरीलाई प्राप्त सुचना हुन साथ प्रहरी टोली उक्त घटना के कसरी भयो भनी अनुसन्धान भैरहेकोसमेत पौडेलले जानकारी दिए ।























