भारतबाट ल्याइएको मिठाइ रुपन्देहीमा बरामद

जगत ठाडा मगर
२०८० कार्तिक २७ | बिहान ०९:०७ बजे

रुपन्देही । तिहारलाई लक्षित गर्दै भारतबाट नेपाल भित्राइएको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी मूल्य १ लाख ९० हजार बढीको मिठाइजन्य खाद्य पदार्थ आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।


















