एमाले दैलेखका नेता तर्क शाही दम्पति माओवादीमा प्रवेश

नवलपुर टुडे
२०८० कार्तिक २६ | मध्यान्ह ०६:०७ बजे

दैलेख । नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र) का प्रवेश गरेका छन् ।
दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । उनीसँगै उनको श्रीमती सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् । सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।























