गण्डकी प्रदेश, दुर्घटना

नवलपुर जीप दुर्घटना अपडेट: मृतक सातै जनाको पहिचान

नवलपुर टुडे
२०८० कार्तिक २६ | मध्यान्ह ०४:०७ बजे

कावासोती, कार्तिक २६ । नवलपुरको देवचुली नगरपालिका- ७ मुण्डे एस मोडस्थित दलदले-बुलिङटार भित्री सडक खण्डमा लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परी ज्यान गुमाएका सातै जनाको पहिचान खुलेको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बौदीकाली गाउँपालिका- ६ माझडाँडा बस्ने बर्ष २८/२९ को छन बहादुर आले (चालक), सोही स्थान लाहपे बस्ने बर्ष ५२ की कुमारी राना (सवारी),माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की (सवारी), बुलिङटार गाउँपालिका- ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा मगर (सवारी), बुलिङटार- ४ चुलिबोझ बस्ने बर्ष अ.४०/४५ की कमला वानटक्की (सवार) र कावासोती नगरपालिका- १६ बस्ने बर्ष १७ को अस्बिन गैह्रे (सवारी) रहेको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा परी घाईते हुने मध्यबिन्दु नगरपालिका- २ मदनपुर बस्ने बर्ष १८ को चिरन अर्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

घटनास्थलमा मृत्यु हुने ६ जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ भने उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएका चिरन अर्यालको  शव उक्त अस्पतालमा रहेको प्रहरीले बताए ।

जीपमा ४ जना पुरुष र ३ जना महिला गरी ७ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको थियो । जीप अन्यन्त्रित भई दुर्घटना भएको हो । मृतक सबैको पहिचान खुलेको छ । अब शवको पोष्ट्मार्टम गरी आफन्तलाई बुझाउने डीएसपी पौडेलले बताए ।

 

कमेन्टहरु