गण्डकी प्रदेश, दुर्घटना

नवलपुर जीप दुर्घटना: जीपमा सवार ७ जनाको मृत्यु, एकजनाको पहिचान खुल्न बाँकी…..

नवलपुर टुडे
२०८० कार्तिक २६ | मध्यान्ह ०२:०७ बजे
दुर्घटनाग्रस्त जीप

कावासोती, कार्तिक २६ । नवलपुरको देवचुली नगरपालिका- ७ मुण्डे एस मोडस्थित दलदले-बुलिङटार भित्री सडक खण्डमा लु १ ज ३२७० नं.को जीप दुर्घटना हुदा घटनास्थलमा ६ जनाको मृत्यु भएका छन ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका- ६ माझडाँडा बस्ने बर्ष २८/२९ को छन बहादुर आले (चालक), सोही स्थान लाहपे बस्ने बर्ष ५२ की कुमारी राना (सवारी), माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की (सवारी), बुलिङटार गाउँपालिका- ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा मगर (सवारी), बुलिङटार- ४ चुलिबोझ बस्ने बर्ष अ.४०/४५ की कमला वानटक्की (सवारी) रहेको र एक जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा मृत्यु हुनेहरुको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

त्यसैगरी, दुर्घटनामा परी घाईते हुने मध्यबिन्दु नगरपालिका- २ मदनपुर बस्ने बर्ष १८ को चिरन अर्याल (सवारी) को भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

जीपमा ४ जना पुरुष र ३ जना महिला गरी ७ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको थियो । जीप अन्यन्त्रित भई दुर्घटना भएको र यसबारे थप अनुसन्धान गरिरहेको पौडेलले बताए ।

कमेन्टहरु