नवलपुरमा जिप दुर्घटनामा ६ जना घटनास्थलमा मृत्यु एक गम्भीर घाईते

नवलपुर टुडे
२०८० कार्तिक २६ | मध्यान्ह ०१:०७ बजे

नवलपुर, कार्तिक २६ । नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको बाैंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले आउदै गरेको यात्रुबहाक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका- ९ गोरेघुम्तीमा दुर्घटना भएको प्रहरीले जनाइएको छ ।
दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएको प्रहरी जानकारी दिएको छ । जिप तीब्र गतिका भएकोले अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी नवलपुरका सुचना अधिकारी एवम डीएसपी बेद बहादुर पौडेलका अनुसार उक्त घटनामा जीपमा रहेका ७ मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने एक जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जानकारी दिए ।
मृत्यु हुनेको सनाखत हुन बाकी रहेको र दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।























