गण्डकी प्रदेश, दुर्घटना

नवलपुर कावासोतीमा स्कुटर र मोटरसाइकल ठोक्किदा दुबै चालक घाइते

नवलपुर टुडे
२०८० कार्तिक २५ | मध्यान्ह ०८:०७ बजे

कावासोती, कार्तिक २५ । पुर्वी नवलपरासीको कावासोतीमा स्कुटर र मोटरसाइकल ठोक्किदा दुई जना घाईते भएका छन । घाइते हुनेमा कावासोती नगरपालिका- ८ इन्द्रचोक बस्ने ३८ बर्षको रामकृष्ण शर्मा चापागाई र बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका- ३ बस्ने मोटरसाइकल चालक वर्ष ३५ को नरेश सिंह साउथ रहेका छन ।

शनिबार साझ ६:३० बजे कावासोती नगरपालिका- ८ खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको गण्डकी प्रदेश ०४-००१ प ०९११ नं.को स्कुटर र बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ३-०२००१ प ४५३१ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

घाईते दुबैजनालाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएको छ । bघटनास्थलमा ट्राफिकसहित प्रहरी टोली खटिगई दुबै सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको समेत पौडेलले जानकारी दिए ।

कमेन्टहरु