गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति

जिल्ला प्रशासन कार्यालय नवलपुरले मर्यादित रुपमा तिहार मनाउन अनुरोध

नवलपुर टुडे
२०८० कार्तिक २५ | मध्यान्ह ०५:०७ बजे

कावासोती, कात्तिक २५ गते । नेपालीको दोस्रो ठूलो चाड उज्यालोको पर्व दिपावली सुरुभएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजीजस्ता विस्फोटक पदार्थ नपड्काइ मर्यादित रुपले तिहार मनाउन अनुरोध गरेको छ । तिहारमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग नगर्नसमेत आग्रह गर्दै अटेर गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय नवलपुरले दिएको छ ।

यसैगरी नवलपुरमा राति ९ बजेपछि देउसी, भैलो खेल्न निषेध गरिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मदिरा तथा मदिराजन्य पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न उल्लेख गरेको छ । त्यस्तै जुवातास, लङ्गुरबुर्जा, कौडा सट्टेबाजीलगायतका जुवाजन्य खेल खेल्ने खेलाउने र कानुनले निषेध गरेको कुनै प्रकारका काम नगर्न सूचनामा भनिएको छ ।

जिल्लाभरी पटाकालगायत प्रज्ज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउनसमेत रोक लगाएको छ । सूचनामा उल्लेखित विषयको पालना नगरे प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

कमेन्टहरु