अपराध, मधेश प्रदेश

सर्लाहीबाट ११ जना जुवाडे पक्राउ

नवलपुर टुडे
२०८० कार्तिक २५ | मध्यान्ह ०५:०७ बजे

सर्लाही । सर्लाहीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका-५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका-५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

कमेन्टहरु