गण्डकी प्रदेश, दुर्घटना

देवचुलीमा अटो दुर्घटना हुदा चालकसहित ५ जना घाईते, घाईते मध्ये एकजना गम्भीर

नवलपुर टुडे
२०८० कार्तिक २५ | मध्यान्ह ०२:०७ बजे

कावासोती, कार्तिक २५ । पुर्वी नवलपरासीको देवचुली नगरपालिका- ६ टोक्रे खोला नजिक ना २ ह ६४८० नं.को अटो आफै अनियन्त्रित भई पल्टिदा चलाकसहित ५ जना घाईते भएका छन ।

घाईते हुनेमा अटो चालक देवचुली नगरपालिका- ६ किर्तिपुर बस्ने बर्ष २६ को कुल प्रसाद सिंजाली, सोही स्थान बस्ने सवार बर्ष ४३ की लिलावती लुङ्गेली, बर्ष ७ की पुष्पा लुङ्गेली, बर्ष ४५ की गनिसरा बाह्रघरे र बर्ष २५ की जेनिसरा बाह्रघरे रहेका छन ।

घाईते मध्ये ४ जना सामान्य रहेको छ भने, जेनिसरा बाह्रघरेको अबस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएको छ ।

कमेन्टहरु