गण्डकी प्रदेश, घटना

मुस्ताङ धाकमारमा चितुवाको आक्रमणबाट ७७ वटा च्याङ्ग्राको मृत्यु, तीन घाईते

नवलपुर टुडे
२०८० कार्तिक २५ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङ, कार्तिक २५ । मुस्ताङमा गएराती चितुवाको आक्रमणबाट ७७ वटा च्याङ्ग्राको मृत्यु भएको छ भने ३ वटा घाईते भएका छ । खोरमा ८० वटा च्याङ्ग्रा रहे का थिए ।

जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका- २ धाकमारका मिङमार गुरुङको च्याङ्ग्राको खोरमा गएराति खोरमा चार वटा चितुवा पसि च्याङ्ग्रा मारेका हुन । शनिबार बिहान मानिसहरु खोर (गोठ) मा पुग्दा च्याङ्ग्रा राखेको खोरबाट चार वटा चितुवा भागेको हो ।

घटना गए रातिभए पनि आज (शनिबार) करिब बिहान ७:३० बजे मात्र थाह पाएका थिए । प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी घमिबाट असईको कमाण्डमा ३ जना प्रहरी टोली खतिगई मुचुल्का उठाउने कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भोजराज पाण्डेयले जानकारी दिए ।

उक्त घटनाबाट ३० लाख भन्दा बढी क्षति भएको छ ।

कमेन्टहरु