पर्वतको विहादी गाउँपालिका ५ उराममा २२ औं सहिद प्रेम- यादव स्मृति सभा सम्पन्न

जगत ठाडा मगर
२०८० कार्तिक २५ | बिहान १०:०७ बजे

पर्वत । नेकपा माओवादी केन्द्रका बिहादीले शुक्रबार २२ औं सहिद प्रेम-यादव स्मृति दिवस मनाएको छ । देशमा परिवर्तन ल्याउनका लागि द्वन्द्वकालमा माओवादी र सरकार बीच भएको युद्धका बेला तत्कालीन सरकार पक्षले अहिलेको पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ५ का स्थानीय प्रेम – यादव भुसाललाई विभिन्न आरोप लगाउदै तत्कालीन सरकार पक्षले मृत्यु गराएको थियो । सोही दिनको सम्जनामा शुक्रबार शहिद प्रेम – यादव स्मृति सभा कार्यक्रम सम्पन्न गरेको छ ।
सहिद प्रेम- यादव स्मृति प्रतिष्ठानका अध्यक्ष जनक भुसालको अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व बन वातावरण तथा भुसंरक्षण मन्त्री दिपक चर्ती मगर रहनुभएको थियो भने कार्यक्रममा बिहादी गाउँपालिका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष ऋषिराम भुसाल , उपाध्यक्ष टेकबहादुर थापा सचिव टेकबहादुर बस्याल लगाए पार्टीका विभिन्न वडा का माओवादी केन्द्रका सदस्य माओवादी केन्द्र गाउँ पालिकाका विभिन्न सदस्य अन्य पार्टी प्रमुख स्थानीय लगाएको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिहादी गाउँपालिका वडा नम्बर ५ उरामका वडा कमिटी अध्यक्ष डोलराज तिवारीले गर्नुभएको थियो ।
स्मृति सभामा कार्यक्रम प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व बन वातावरण तथा भुसंरक्षण मन्त्री दिपक चर्ती मगरले भने सहिद का सपना साकार पर्ने पार्टीले विभिन्न भुमिका खेलेको छ । यस्तै पार्टीले जनयुद्ध दिवस लाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको र जनयुद्धका बेला देशका लागि रगत बगाएका छुटेका सहिदलाई पनि खोजी गरेर राष्ट्रिय सहिद घोषण गर्ने र आगामी दिनमा पार्टीले सहिद का सपना पुरा गर्ने प्रतिबद्धता जनाए सँग अहिले माओवादी केन्द्रको सरकारले ठूलाठूला भ्रष्टाचार गर्ने को फाइल खोल्दै देश र जनतालाई सुशासन तर्फ लगेको र देशमै रोजगारीको शिलाशिला सिर्जना गर्ने र देशलाई समि्द तर्फ लैजाने बताए ।
साथै कात्तिक १७ गते जाजरकोट केन्द्र बनाएर गएको भूकम्प बाट जाजरकोट र रुकुम पश्चिममा अकालमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली दिएका थिए ।


















