कपिलवस्तुको तिलक एकेडेमी बिद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०८० कार्तिक २५ | बिहान ०८:०७ बजे

नन्द किशोर कुर्मी (लालु)
कपिलवस्तु । विजयनगर- ५ श्री पार्वती तिलक एकेडेमी बोर्डिङ स्कुल बगमरवामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबारकाे दिन हाजिरी जवाफकाे कार्यक्रममा बिजय हुने विद्यार्थी प्रथमलाई कापी र कलम, दोश्रोलाई कलम र तेश्रोलाई पेन्सिल पुरस्कार बितरणसमेत गरे । सो कार्यक्रममा प्रमुख अतिथि नन्दकिशोर चौधरीले बिद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
बिजयनगर गाउँपालिका- ५ मा संचालित श्री पार्वती तिलक एकेडेमी बोर्डिङ स्कुल बगमरवामा आउदै गरेकोमा शुभ दिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिद्यालयका शिक्षकलाई मिठाइ बाँडेर परशुराम चौधरीले शुभ दिपावलीकाे र छठ पर्वको हार्दिक बधाई दिनुभए थियो ।























