लहान चुलो थकाली होटेल संचालन


प्रदिप सिंह
लहान, कार्तिक २४ । देशको मौलिकता झल्काउने र लोपहुँदै गएको विभिन्न धर्म संस्कृतिको पहिचानसहितको वातावरणमा सिरहाको लहान- ४ पुर्व पश्चिम् लोकमार्गमा सुबिधा सम्पन्न लहान चुलो थकाली होटेल संचालनमा आएको छ् ।
परिवारीक तथा आधुनिक स्तरको खाजा नास्तासहितको मौलिकता झल्काउने लाहान चुलो संचालनमा आएका छ । मधेस प्रदेशमै गुणस्तरीय परिकारका खाना, खाजासहितको क्याफे संचालनमा आएका हुन्। ठुलो लगानीमा संचालन भएको चुलोमा सेमिनार हल, आउट डाेर पार्टी, कटेजको राम्रो ब्यवस्था, कल हलको राम्रो ब्यवस्था, परिवाररिक वातावरण र नेवारी चटाईमा बसेर खाने ब्यवस्था, गाडी पार्किङको राम्रो ब्यवस्था बाहिर बसेर बाबीकियु गर्ने ब्यवस्थासमेत रहेको छ।
थकाली खानासहितको अन्य परिकारको खाजामा परेवा मासु लगायतका लोकल परिकारको राम्रो ब्यवस्था र तराई पहाड हिमालको कलचर झल्काउने कटेजहरु देशमा लोप हुँदै गरेको मैलिकताको उजागर र बरकरार रहने खालको लहान चुलो संचालनमा आएको हो।
फास्ट सर्भिस र स्वादिलो परिकारको इच्छा मेटाउन चाहनु हुन्छ भने यहाँहरु भिजीटको लागी अनुरोध रहेको संचालकले जानकारी दिनु भयो।























