नवलपुरबाट मृत्यु भईसकेको व्यक्तिको नाममा चन्दा उठाउँदै हिडेका दुई जना पक्राउ

नवलपुर टुडे
२०८० कार्तिक २४ | मध्यान्ह ०१:०७ बजे

नवलपुर, कार्तिक २४ । नवलपुरको कावासोती नगरपालिका – १५ गुन्द्रेखोलाबाट प्रहरीले मृत्यु भईसकेको व्यक्तिको नाममा सिफारिस पत्र देखाई चन्दा उठाउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका – ८ बस्ने ४१ वर्षीय एक बहादुर नेपाली र बर्ष ४२ का बिजयराज न्यौपाने रहेका छन् । उनीहरुले बाराको कोल्हवी नगरपालिका – ७ बस्ने राधेश्याम चौधरीको १३ वर्षीया छोरी दिक्षा चौधरीको दुवै मृगौला फेल भएको र उपचारको लागि सहयोग गरिदिन हुन भनि जिल्ला प्रशासन कार्यालय बाराको ०७८ चैत १३ गतेको सिफारिस पत्र देखाई चन्दा उठाउँदै हिडेका थिए ।
उनीहरूलाई शंका लागि पक्राउ गरेर अनुसन्धान गर्दा निज बालिकाको मृत्यु भईसकेको भन्ने खुल्नमा आएको नवलपुरका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।























