गण्डकी प्रदेश, घटना

नवलपुरको मध्यबिन्दुमा एक पुरुष मृत अवस्थामा फेला

जगत ठाडा मगर
२०८० कार्तिक २४ | मध्यान्ह ०१:०७ बजे

नवलपुर, कार्तिक २४ । नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ लुस्लहरीका ५५ वर्षीय वण बहादुर सार्की मृत भेटिएका छन् ।

गत २० गते घरबाट कोही कसैलाई नसोधी हिडेका सार्की आज सोही ठाउँका सुनिल चौधरीको कोही पनि नबस्ने टिनले छाएको र बाँसले बेरेको दुईतले घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेका हुन् ।

उनले दैनिक जसो मदिरा सेवन गर्ने गरेको बुझिएको छ । अहिले घटनास्थलमा प्रहरी टोली खटी गई अनुसन्धान कार्य भईरहेको नवलपुरका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु