पुर्व गृह राज्यमन्त्री कण्डेलको प्रमुख आतिथ्यतामा स्व. फुलमती देवी इण्टरमिडिएट कलेजको शिलान्यास


नवलपरासी, कार्तिक २३ । पुर्व गृह राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा स्व. फुलमती देवी इण्टरमिडिएट कलेजको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
मित्र राष्ट्र भारतको कुशिनगर बोधगयाका बौद्ध धर्मगुरु आदरणीय भन्ते ज्ञानेश्वर ज्युको ८८औँ जन्मजन्यतीको अवसरमा वहाँकै संरक्षकत्वमा रहेको उक्त कलेजको आज बिहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको पूर्व गृह राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।
रायमाझीका अनुसार कार्यक्रममा अध्यक्षताको भूमिका निर्वाह गर्नुभएका कलेजका अध्यक्ष माता स्वे यदु दो तेन तीन, भारतका लागि म्यानमारका राजदुत माननीय उ मोचो आउ, माननीय राम अवध यादवलगायतले संयुक्त रुपमा शिलान्यास सम्पन्न गर्नुभएको हो ।
तस्बिर : पूर्व गृह राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझी
























