कर्णाली प्रदेश

हुम्लाकी सविता महतारालाई ‘नइ कपिल विद्यापदक’को घोषणा

जगत ठाडा मगर
२०८० कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे

काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ कपिल विद्यापदक’ को घोषणा गरेको छ । १२ कक्षाको परीक्षामा सामेल भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपैयाँ नगद राशिसहित उक्त विद्यापदक समर्पण गर्ने निर्णय नइ प्रकाशनले गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार महताराले हुम्लाको सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी जिल्लाबाट १२ कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याएकी थिइन् । डा. कपिलदेव उपाध्यायको सम्मानमा स्थापित ‘नइ कपिल विद्यापदक’ छात्राहरूलाई मात्र प्रदान गरिन्छ । 

सो विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रेषित विज्ञप्तिमा उल्लेख छ । 

कमेन्टहरु