मधेश प्रदेश

राजपुर नगरपालिकामा अधिकृत रौनियार हाजिर

रंजित चौरसिया
२०८० कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे

रौतहट २२ कार्तिक। रौतहट जिल्लाको राजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियार हाजिर भएका छन् । बुधवार राजपुर नगरपालिकाका नगरप्रमुख मोहमद राजिक आलमले प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई टिका माला लगाई स्वागत गरेका छन् ।

बाराको परवानीपुर गाउँपालिका बाट केहि दिन पहिला मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा प्रमुख पर्शासकीय अधिकृत रौनियारको सरुवा गरिएको थियो । हालै सामान्य प्रशासन मन्त्रालयले राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियारलाई सरुवा गरे पछि रौनियार बुधवार राजपुर नगरपालिकामा हाजिर भएका छन् ।

राजपुर नगरपालिकालाई जिल्लामा नमुना नगरपालिका बनाउने काममा आफुले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिए सम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत रौनियारले गरेका छन् ।

कमेन्टहरु