लुम्बिनी प्रदेश, समाज

चौधरी ग्रुपद्वारा भूकम्प प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइ दिने

जगत ठाडा मगर
२०८० कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

नवलपरासी, कार्तिक २१ । चौधरी ग्रुपद्वारा भुकम्प प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने घोषणा गरेको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो ।

मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए ।

तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ । भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवश्यक रहेकोसमेत ग्रुपको भनाइ छ ।

कमेन्टहरु