देश

प्रकृति पुजक किराँतहरूले साकेला उभौली ( एलेदोङ ५०८१) मनाए

जगत ठाडा मगर
२०७८ जेष्ठ १३ | बिहान ०७:०२ बजे

बिनोद मण्डल

सिरहा । सिरहाका प्रकृति पुजक किराँतहरूले साकेला उभौली ( एलेदोङ ५०८१) मनाएका छन ।

IMG 20210527 075246 095

राई किराँत जातिहरू पूर्वका बासिन्दा मानिन्छन् । सिरहामा राईहरू छन् भनेर भन्दा कोसी नदीपारिका राईहरू विगतमा मान्न तयार थिएन । हुनपनि हो , खोटाङ्ग जिल्लाबाट बसाई सराई गरी सिरहाको बस्तीपुर , धनगढीमाई का विभिन्न टोलमा छरिएर बसेका राई समुदायले साकेला उभौली सम्बन्धि विगतमा चासो नदेखाएपछि हालमा आएर यस पर्वमा सबै राईहरू एक ठाउँमा भेला भएर नाच गान सहित उभौली साकेला पर्व मनाउन थालिएको सरे खोलाका स्थानिय समाजसेवी तोप बहादुर राई बताउनुहुन्छ ।

IMG 20210527 075257 054

आज धनगढीमाईको सरे खोला अम्बासमा राई समुदायका मानिसहरू भेला भई सामाजिक परम्परा अनुसार आफ्नो पर्व मनाएको स्थानिय शिक्षक राजेन्द्र मगरले जानकारी दिए ।

सदाझै यसपटक यो पर्व तामझामका साथ मनाउन हालको अवस्थामा असहज भएको स्थानिय सुर्य बहादुर राईले बताए । कोरोना संक्रमण बढिरहेको अवस्थामा आज मनाइएको पर्वमा अाम मानिसको बाक्लो उपस्थिती नरहेको र सामाजिक दूरी लगायत स्वास्थ्य समस्यालाई मध्यनजर गरी थोरै समय मात्र नाच गान गरी कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष ठरेन्द्र राईले बताउनु भएको छ ।

जे भएपनि करिब ३०० सय घर धुरी रहेको यस ठाउँमा बान्तवा , चाम्लिङ लगायतका राईहरू बसोबास गर्ने गरेको वडा सदस्य भुवन मगरले जानकारी दिए । आफनो जातिय परम्परा अनुसार मनाइएको यसपटकको उभौली पर्वमाकोरोना महामारीले प्रत्यक्ष असर पारेको बुझिएको छ ।

कमेन्टहरु