पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु

नवलपुर टुडे
२०८० कार्तिक २१ | मध्यान्ह ०२:०७ बजे

बुटवल, कात्तिक २१ । पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान घुम्न गएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का २२ वर्षीय विमल आचार्यको डुबेर मृत्यु भएको हो ।
आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए । भुतखोलामा उनीहरू दुबै जना डुबेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो ।
दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।























