धर्म–संस्कृति/रीतिथिति

दमाहा नाचको संरक्षणमा गाउँपालिका

नवलपुर टुडे
२०८० कार्तिक २१ | बिहान ०७:०७ बजे

सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका स्थानीय दमाहा नाचको संरक्षणमा लागेको छ। परम्परागत रुपमा दमाई समुदायले दमाहा बजाएर नाचिने नाच लोप हुने अवस्था आएपछि महोत्सव आयोजना गरेर गाउँपालिका संरक्षणमा लागेको छ।

उक्त गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले पुस्तौँदेखि परम्परागत रुपमा दमाई जाति दमाहा बजाएर नाच्ने दमाहा नाच लोप हुन नदिन कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लागेको बताए। उक्त नाचमा दमाई जातिले परम्परागत पहिरनमा सजिएर दमाहा नाच नाच्दा रौनक नै फरक हुने गर्छ। शरीरमा स्थानीय वेशभूषा र घाँटीमा दमाहा भिरेर नाच्ने गरिन्छ।

उनले दसैँमा जिल्लाबाहिर रहने नयाँ पुस्ता घर फर्केको अवसर पारी पुरानो नयाँ पुस्ताको उपस्थितिमा तीनदिने दमाहा नाच महोत्सव आयोजना गरिएको बताए। जसमा दुई दिन दमाहा बजाएर नाचेका थिए।

२२ जना दमाईले स्थानीय दमाहा बजाएर घण्टौंसम्म नाचेका थिए। मानिसका जन्म, मृत्यु, विवाह, ब्रतबन्ध र अन्य स्थानीय चाड पर्वमा यो नाच नाँच छाडिन थालेपछि यसको संरक्षण गर्न आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको थियो। गाउँपालिकाको आर्थिक सहयोगमा कर्णाली संस्कृति संरक्षण केन्द्रले कार्यक्रम आयोजना गरेको हो।

कमेन्टहरु