गण्डकी प्रदेश, समाज

जिप्रका मुस्ताङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०८० कार्तिक २० | मध्यान्ह ०७:०७ बजे

मुस्ताङ, कार्तिक २० । मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ कोवाङ स्थित धौलागिरी युवा क्लबको भवनमा जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा आयोजित नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयको अध्यक्षता एवम् थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै कार्यक्रममा गाउँपालिका अन्तरगतका वडा अध्यक्ष, वडा सदस्यहरु, आमा समुहका अध्यक्ष तथा सदस्यहरु, कार्यपालिकाका सदस्यहरु र विभिन्न क्लबका अध्यक्ष लगायतका सदस्यहरु समेत गरि ६३ जनाको सहभागिता रहेको थियो ।

photo 2023 11 06 19 20 37 2

कार्यक्रममा प्रनाउ भोजराज पाण्डेयले जिल्ला प्रहरी कार्यालय मुस्ताङले यहि साउन १ गते देखि गरेको काम कार्बाहीको बिषयमा प्रस्तुती दिएका थिए । लगत्तै कार्यक्रममा प्रमुख अतिथि थासाङ गाउँपालिकाका उप प्रमुख लगायतका विभिन्न बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

photo 2023 11 06 19 20 33 2

प्रहरीको सन्दर्भमा उठेका सवालहरुको बिषयमा कार्यक्रमको अन्त्यमा प्रनाउ पाण्डेयले सम्बोधन गरी कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक मिलन बहादुर बिकले गरेका थिए ।

कमेन्टहरु