समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीमा हाजिर

नवलपुर टुडे
२०८० कार्तिक १९ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं, कार्तिक १९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् ।

विवादस्पद अभिव्यक्ति दिएपछि साइबर ब्यूरोले बोलाएको थियो । बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्।

प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ ।

कमेन्टहरु