जाजरकोट भूकम्पप्रति पूर्वराजाको चिन्ता

नवलपुर टुडे
२०८० कार्तिक १८ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ। जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन्।
पूर्वराजाको संवाद सचिवालयमार्फत जारी भएको विज्ञप्तिमा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति गहिरो सहानुभूति र समवेदना पनि प्रकट गरेका छन्। उनले घाइते सबैको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता पनि प्रकट गरेका छन्।
पछिल्लो समयमा देशको पश्चिमी र सुदूरपश्चिमी भूभागमा भूकम्पको प्रकोप चलिरहेको उल्लेख गर्दै पूर्वराजा शाहले पूर्वतयारी र सतर्कताको सुव्यवस्था हुने आशा पनि उनले व्यक्त गरेका छन्। प्रकोपको घडीमा हुने उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुननिर्माणका काममा लोककल्याण भाव राखेर कार्यव्यवस्था तदारुक नभएको जनगुनासो सुनेको पनि पूर्वराजाले उल्लेख गरेका छन्।


















