नेपाली कांग्रेस र जसपाको १७ बुँदे संयुक्त प्रेस विज्ञप्ति


प्रदिप सिंह
लहान, कार्तिक १६ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असन्तुष्टि जनाउँदै १७ बुदेँ माग सहित नेपाली कांग्रेस जसपाले संयुक्त प्रेस विज्ञप्ति बुझाएका छन् ।
महिनौ दिनदेखि आफु पटक पटक कर्मचारीहरुलाई तलब खुवाउने वातावरण मिलाउनुस भन्दा भन्दै पालिका अध्यक्ष केदार नाथ यादव आलटाल गर्दै तलव भत्ता बृद्ध भत्ता नखुवाएको प्रति आफु गम्भीर भएको पालिँकाका उपा अध्यक्ष निलम यादवले आरोप लगाएको हो । जसका कारण वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुनै आन्दोलित भएका छन् ।
नेपालि कांग्रेस र जनता समाजवादी नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई सो पत्र बुझाएका थिए ।
पालिका उपाध्यक्ष निलम यादव, वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव, वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादव, वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव लगायत कार्यपालिका सदस्य र वडा सदस्यहरुका हस्ताक्षर सहित विज्ञप्तीमा उल्लेख छ । चाडपर्वमा पनि कर्मचारीले तलब नपाएको र तीन महिनाको सामाजिक सुरक्षा भत्ता किन र के कति कारणले वितरण हुन नसकेको गत आर्थिक वर्ष ०७९ र ०८० को सम्पूर्ण हिसाब विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०।३।२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ बुँदे मागसहित विज्ञप्ती पालिका का. वा.अधिकृत चौधरीलाई बुझाएको हो ।
अहिले यो विषयमा आफू केहि नबोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृतलाई बुझाउने का.वा अधिकृत चौधरीले बताउनु भयो । आफूहरुको माग सम्बोधन नभए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने २ नं.का वडा अध्यक्ष तनुकलाल यादवले जनाउनु भयो ।
उपाध्यक्ष निलम यादव र वडा नम्बर १ का वडा अध्यक्ष सञ्जय कुमार यादव, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार यादव, वडा नम्बर २ का वडा अध्यक्ष तनुक लाल यादव लगायतका पालिका सदस्यहरुले पालिकामा भित्र भएको भ्रष्टाचारको पोल खोलेका छ्न ।
पछिलो चुनाबमा पालिकाले पालिकाको नाममा एम्बुलेन्स र जेसीबी किनेको झन्डै वर्षो दिन भैसक्दा पनि एम्बुलेन्स सेवा संचालनमा नआएको र एम्बुलेन्स कहाँ छ, कुन ठाँउमा राखिएको छ, किन संचालनमा आएको छैन खोजीनीति गर्दा पनि उपाध्यक्ष निलम यादव वडा अध्यक्ष रमेश यादव र वडा अध्यक्ष संजय यादवले पटक पटक पालिका अध्यक्ष केदार नाथ यादव र प्रमुख प्रसाशकिय अधिकृत राजिब झालाई सोध्दा झन्डै आफू निर्वाचित भएको दुई बर्ष बितीसक्दा पनी अहिलेसम्म जानकारी हामीलाई दिएको छ्न वडा नम्बर १ का वडा अध्यक्ष यादवले बताउनु भयो ।
























