पत्रकार धम्क्याउँदै रास्वपा नेता रबिन्द्र ओझा


काठमाडौं । रास्वपा खाेटाङका प्रदेश सदस्य रबिन्द्र ओझाले सूचना चाैतारीकर्मी पत्रकार दिपेश श्रेष्ठमाथि भाैतिक कार्वाहि गर्ने धम्की दिएका छन्।
ओझाले रास्वपाकै नेता द्वय डा: राजकुमार राई र गणेश बस्नेतसँग उक्त अभिब्यक्ति दिएकाे ती नेताहरुले जनाएका छन्।
लामाे समय एमालेकाे विभिन्न बिभागमा रहि काम गरेका ओझा बिगतका दुबै निर्वाचनमा खाेटाङबाट निर्वाचित नेकपा एमालेका सांसद विशाल भट्टराईको भित्रिया भएरसमेत काम गरेकाे थिए । गत साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खाेटेहाङ गाउँपालिकाबाट अध्यक्षकाे टिकट नपाएछि एमालेसँग दुरि बढाएका थिए ।
साे पश्चात् मंसिरमा सम्पन्न निर्वाचनमा विशाल भट्टराई समेत पराजित भएपछि झण्डै छ महिनाअघि मात्र रबिन्द्रले एमाले छाेडेका थिए। एमाले छाेडे लगत्तै ओझाले पार्टी परिवर्तन गरेर रास्वपाकाे सदस्यता लिएका थिए।
तत्कालिन अवस्थामा विशाल भट्टराईकाे शक्तिकाे दुरुपयाेग गरेर जिल्लाकाे विभिन्न सरकारी कार्यालयहरुमा कम्प्युटर, हाजिर मेसिन जस्ता उपकरणहरु बिक्रिमा समेत उनकाे चलखेल गरेकाे आरोप उनी माथि लागेको छ ।
ओझा रास्वपामा प्रवेश गर्दै गर्दा रास्वपा खाेटाङमा आवद्ध भएकाे तिनै राजकुमार राई र गणेश बस्नेतहरुले ओझाकाे बिगतका बिषय उठान गर्दा पत्रकार श्रष्ठले “बिगतमा एमालेमा रहेर लामाे समय काम गरेर बसेका भएपनि भट्टराई हार्दै गर्दा पार्टी फेर्नुले उनकाे केही स्वार्थ हुन सक्छ” भनेका थिए।
पत्रकार श्रेष्ठकाे साेही अभिब्यक्तिकाे बिषयलाई लिएर ओझाले उनै दुई नेताकाे सामु तपाईंहरुले अनुमति दिए एउटा घटना घटाउछु भनेकाे र हातखुट्टा भाँची दिनेसम्म भनेकाे द्वय नेता राई र बस्नेतले बताए।
उक्त बिषय लिएर पत्रकार श्रेष्ठले प्रदेश महामन्त्री लाल बिक्रम थापासँग सम्पर्क गर्दा दुबै पक्ष बीच मिलापकाे बताबरण बनाउने आश्वासन दिएकाे तर, ओझााई पार्टीगत कारबाही गर्ने बिषय उठान नगरेकाेले ओझालाई कारबाहीका साथै आफ्नाे शान्ति सुरक्षाकाे लागि पत्रकार श्रेष्ठ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकाे जनाइएकाे छ।
संविधानले दिएकाे बाेल्न पाउने अधिकार, पत्रकार आचारसहिंताले दिएकाे मापदण्ड अनुसार आफ्नाे बिचार र देखिएकै बिषय बाेल्दा एउटा पत्रकार त सुरक्षित रहन सक्दै भने तेस्ता नेताले राजनीतिकाे फाेहाेर सफा गर्ने आशा राख्नु ब्यर्थ रहेकाे श्रेष्ठकाे भनाई रहेकाे छ ।























