काठमाण्डौ उपत्यकामा जेष्ठ २९ गतेसम्म कडाईका साथ निषेधाज्ञा(बिज्ञप्ती सहित)

जगत ठाडा मगर
२०७८ जेष्ठ १२ | बिहान १०:०२ बजे

जितेश मण्डल
काठमाण्डौ । काठमण्डौ उपत्यकामा निषेधज्ञा एक साता कडाइका साथ थपिएको छ । उपत्यकाका काठमाण्डौ, ललितपुर, भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रमुखको संयुक्त बैठकले एक साता कडाइका साथ निषेधज्ञा थप्ने निर्णय गरेको छ र यस सँगै निषेधज्ञा जेष्ठ २९ गते सम्म लम्बिने भएको छ ।

मंगलबारबाट थपिएको निषेधज्ञामा किराना पसल र डीपर्टमेन्ट स्टोर पनि खोल्न नपाउने भएको छ । तर सागसब्जी, माछामासु, फलफुल, दुधदहीको लागि बिहान ९ बजे सम्म खोल्न पाइने भएको छ ।
























