खानेपानी ट्याङ्कीलाई सुरक्षित राख्न, वाल घेर्न सिल्यान्यास


बिनोद मण्डल
सिराहा । सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरक टी तथा हाल धनगढी माई १२ कुसमाहा सिमलटोकी स्थित दुर्गा मन्दिर परिसरमा रहेको खानेपानी ट्याङ्कीलाई सुरक्षित राख्न घेर्न लागिएको वालको आज बिहान करिब ११ बजे वडा अध्यक्ष राजु श्रेष्ठले एक कार्यक्रमका बीच खाल्डोमा गणेश कम्पनीको इटा राखेर सिल्यान्यास गर्नुभएको छ ।

सिमलटोकी कुस्माहा खानेपानी तथा सरसफाई उपभोगता समिति द्वारा निर्माण गर्न लागिएको वाल करिब ४०० मीटर र ३ मीटर अग्लो रहने समितिका अध्यक्ष जय प्रकाश शर्माले जानकारी दिनुभयो ।
खानेपानी डिभिजन कार्यालय सप्तरीका सहयोगमा करिब १२ लाख रुपैयाँमा निर्माण हुने उक्त वालले खानेपानीको ट्यांकीको सुरुक्षा व्यवस्था गर्ने स्थानिय समाजसेवी चौधरी महतोले बताए ।

खानेपानीको विगत देखि सास्ती भोग्दै आएका अाम मानिसहरू खानेपानीको ट्याङ्की निर्माण पछि पानी खाने आशाले हर्षित भएका छन् ।
दूरदर्शी वडा अध्यक्ष राजु श्रेष्ठ यस वडाको सडक ,विद्युत ,खानेपानी व्यवस्थामा चिन्तित भई लागेको अवस्थामा उनले सबै बस्तीमा खानेपानीको सहजता गरेकोमा स्थानिय खुशी व्यक्त गरेका छन् ।
विगतमा खोला ,इनार बात पानी बोकेर पानी प्रयोग गर्दै आएका अाम सबैको घरमा खानेपानीको व्यवस्था मिलाउन सफल श्रेठ उदाहरणीय विकास पात्र मानिन्छ ।























