देश

समाचारका विषयमा सर्बोच्च अदालतले पत्रकार बोलाएर सोधपुछ गर्नु गलत हो : नेपाल पत्रकार महासंघ

नवलपुर टुडे
२०७८ जेष्ठ ११ | मध्यान्ह ०९:०२ बजे

काठमाडौ । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोमा आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराबीच भेट भएको भन्दै दुई अनलाइनहरुमा प्रकाशित समाचारका बारेमा विवाद भएको हो ।

सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई भेटघाटको समाचार बारे छलफल गर्न बोलाएको थियो ।

‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’, नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’

कमेन्टहरु