सुन्दर र उज्यालो गाउँ बनाउने कार्यमा जुट्दै शुभकामना युवा क्लब बर्राचौर नौनादी


अमृत भट्टराई
बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबले समाजमा प्रत्येक्ष रुपमा फाइदा हुने अचम्मको काम गरेको छ ।
नेपालीहरुको महान चाडपर्व वडा दशै तथा दिपावलीको अवसर पारेर क्लबले बर्राचौरका मुख्य र धर्मिक स्थलमा चाडपर्वको बेला धेरै मानिस घुम्न र हेर्न आउने भएको र सोही क्रममा केही खानेकुरा ल्याउन सक्ने र खाएपछि जथाभावी फोहोर नहुन दिनका लागि विभिन्न स्थलमा डस्विन राखिएको क्लबका सक्रिय सदस्य विस्नु गिरीले बताए ।
सुन्दर हाम्रो गाउँ उज्यालो बस्ती बनाउ भने नारा साथ
दशै तिहारको बेलामा चोरी हुने वा कुनै पनि दुर्घटना हुन् सक्ने भएकाले बर्राचौर नौनादीको विभिन्न ठाउँमा बत्ती जोडान गरिएको छ । क्लबका सदस्य हिमलाल गिरी (पारसले ) बताए । उनका अनुसार अहिले बर्राचौरमा मात्र गरेका छौं । यस कार्यमा स्थानीय सरकारले सहयोग गर्यो भने विहादी गाउँपालिकाका मुख्य स्थान र विभिन्न सार्वजनिक स्थलमा पनि उज्यालो बनाउने योजनामा रहेको उनले बताए । साथै विभिन्न सडक पनि मर्मत सँगै सरसफाइ गरेका थिए ।
उक्त कार्यमा क्लबका अन्य सदस्य प्रेम नेपाली, सुमन नेपाली, रेशम गिरी, राजु गिरी, कमल नेपाली लगायत स्थानीयवासीको साथ र सहयोग रहेको थियो ।























