देश, समाचार, समाज

काठमाडौ आईपुग्यो इजरायलमा मारिएका ३ जनाको शव, आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने (तस्बिर सहित)

जगत ठाडा मगर
२०८० कार्तिक ५ | बिहान १०:०७ बजे

काठमाडौँ । इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो। पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्नेछ।  

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।  बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। शवहरूलाई आइतबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।

photo 2023 10 22 09 55 54 photo 2023 10 22 09 56 13 photo 2023 10 22 09 55 54 1 photo 2023 10 22 09 55 56 photo 2023 10 22 09 55 58 photo 2023 10 22 09 56 01 photo 2023 10 22 09 56 04 photo 2023 10 22 09 56 04 1 photo 2023 10 22 09 56 08 photo 2023 10 22 09 56 13 1 photo 2023 10 22 09 56 16 photo 2023 10 22 09 56 19 photo 2023 10 22 09 56 22 1

कमेन्टहरु