सर्वोच्चले भने प्रधानन्यायाधीश राणा र प्रधानमन्त्री ओली बीच भेट भएको भन्ने समाचारमा कुनै सत्यता छैन

जगत ठाडा मगर
२०७८ जेष्ठ ११ | मध्यान्ह ०३:०२ बजे

जितेश मण्डल
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्ने समारचारमा सत्यता नभएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका छन् ।

विभिन्न अनलाईन न्यूज पोर्टलले हिजो मध्यराति प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको भनेर समाचार आएपछि अदालतको यस्तो प्रतिक्रिया आएको हो ।- बिज्ञप्तिसहित























