पत्रकार सागर घिमिरेको निधन

नवलपुर टुडे
२०८० कार्तिक ४ | बिहान ०८:०७ बजे

काठमाडौं, कात्तिक ४ । पत्रकार सागर घिमिरेको निधन भएको छ।
शुक्रबार अपरान्ह उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा घिमिरेको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भएर शुक्रबार बिहान डिस्चार्ज भएका थिए।
पुनः स्वास्थ्य समस्या देखिएपछि घिमिरे दिउँसो पुनः अस्पताल पुगेका थिए। चिकित्सकले उनको मुटुले काम गर्न छाडेकाले निधन भएको बताएका छन। बिगतमा न्यु बिजनेस एज र अंग्रेजी पत्रिका रिपब्लिका दैनिकमा काम गरेका घिमिरे हाल एएफपीमा मात्र कार्यरत रहेका थिए।























